संयुक्त राष्ट्रसंघमा ट्रम्प : उत्तर कोरियालाई ध्वस्त बनाइदिन्छौँ
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका वा आफ्नो गठबन्धनको रक्षा गर्ने अवस्था आए उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा पहिलो पटक सम्बोधन गर्न पुगेका ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई ‘रकेट म्यान’ को संज्ञा दिँदै उनी आत्महत्याको बाटोमा रहेको पनि बताए ।
उता, संयुक्त राष्ट्रसंघलाई बेवास्ता गर्दै उत्तर कोरियाले लगातार रुपमा क्षेप्यास्त्र र बम परिक्षण गरिरहेको छ ।
ट्रम्प बोल्न अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले युद्धको बाटोमा नबढ्न आग्रह गरेका थिए ।
सम्बोधनका क्रममा ट्रम्पले इरानको पनि आलोचना गरेका थिए । उनले इरान ‘भ्रष्टाचारी तानाशाह’ रहेको बताउँदै यसकारण मध्यपूर्व अस्तिर भएको बताए ।
उनले अब कसैले अमेरिकाको फाइदा उठाउन नसक्ने र एकतर्फी सम्झौतामा अमेरिकाले हस्ताक्षर नगर्ने बताए ।
त्यस्तै, ट्रम्पले समाजवादी सिद्धान्तको पनि आलोचना गर्दै यसले पीडा, विनाश र असफलता मात्र निम्ताएको बताए ।
अमेरिकामा भइरहेको अनियन्त्रित आप्रवासनको पनि उनले निन्दा गरेका थिए । यद्यपि, उनले अमेरिकाले विश्वभरका शरणार्थीहरुको सहयोगका लागि अर्बौँ डलर सहयोग गरिरहेको कुरा डोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल
-
आर्थिक–सामाजिक रूपान्तरणमा एमालेका १३ प्राथमिकता