शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जको पछिल्लो परिणाम : राजपाको पछिपछि कांग्रेस, तेस्रोमा फोरम

बुधबार, ०४ असोज २०७४, १३ : ३०
बुधबार, ०४ असोज २०७४

पर्सा– २ नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरको मतगणना अत्यन्त सुस्त गतिमा भइरहेको छ । मतगणनामा सुधार नगर्ने हो भने अन्तिम परिणाम आउन कम्तिमा दश दिन लाग्ने देखिएको छ । 
मंगलबार दिउँसोबाट सुरु भएको वीरगञ्जको मेयर पदको मतगणनामा कहिले कांग्रेस उम्मेदवार अगाडी त कहिले राजपा उम्मेदवार अगाडी भएपछि रोचक बनेको छ ।
सुरको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएपनि बुधबार दिउँसोसम्म आइपुग्दा कांग्रेसलाई राजपाले उछिनेको छ । पछिल्लो परिणाम अनुसार राजपाका उम्मेदवार राजेशमान सिंहले १२ सय ४३ मत ल्याएर अग्रता बनाएका छन् भने कांग्रेसका अजय द्धिवेदीले ११३४ मतका ल्याएर सिंहलाई पछ्याइरहेका छन् । तेस्रो स्थानमा फोरमका विजय सरावगी छन् । उनले ५६६ मत ल्याएका छन् ।  
यो महानगरमा माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ३५४ मत ल्याएर पाँचौ स्थान बनाउदा पाउँदा एमाले उम्मेदवारले ५३० मत ल्याएर चौथो स्थान बनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप