शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संयुक्त नेपाली मोर्चा युरोपमा नयाँ कार्यसमिति

बुधबार, ०४ असोज २०७४, ११ : ५३
बुधबार, ०४ असोज २०७४

काठमाडौं–संयुक्त नेपाली मोर्चा युरोपको अध्यक्षमा  डा.कृष्ण अर्याल निर्वाचित भएका छन् ।  नर्वे निवासी अर्याल पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्विरोध चयन भएका हुन् । 
सर्वसम्मतले चयन भएको कार्यसमितिको उपाध्यक्षहरुमा बेलायत निवासी राममणी रिजाल, स्विजल्याण्डका अच्युत फुयाल र बेल्जियमका कृष्ण पौडेल निर्वाचित भएका छन् ।
अधिवेशनले  महासचिबमा स्पेनका गंगा प्रसाद भुसाल र सचिवहरु मान बहादुर गुरुङ ( बेलायत) ,कृष्णहरी कंडेल (स्पेन) समिर अधिकारी(पोर्चुगल ),कोषाध्यक्षमा खडग बस्नेत (पोर्चुगल) र प्रवक्तामा दर्शन आचार्य (स्विट्जरल्याण्ड) चयन गरेको छ । कार्यसमितिका सदस्यहरुमा प्रकाश पौडेल ( बेल्जियम), बलमान ओलि (नर्बे),कल्पना मगर( बेल्जियम) ,गंगा शर्मा ( बेल्जियम),जितेन्द्र रायमाझी (चेक रिपब्लिक),महेश कुमार खाती( डेनमार्क ),प्रकाश शर्मा ( जर्मनी ),सुशीला खतिबडा ( बेल्जियम),निर्मला बजगा‘इ ( बेल्जियम),मिनु श्रेष्ठ (बेलायत),रुपक श्रेष्ठ ( पोर्चुगल),रन्जित राना (इटाली) रहेका छन् ।
बाँकी ३ सदस्यहरु कार्यसमितिले पछि मनोनीत गर्ने बताईएको छ । युरोपभर रहेका नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरु सहभागि कार्यक्रमलाई माओबादी केन्द्रका नेता गणेशमान पुनले  उद्घाटन गरेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप