शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपथ्यले कोरियामा प्रस्तुति दिँदै

बुधबार, ०४ असोज २०७४, ११ : ३०
बुधबार, ०४ असोज २०७४

काठमाडौं–कोरियालीको मुख्य पर्वको अवसरमा नेपथ्य ब्याण्डले दक्षिण कोरियाको  सउलस्थित ओलम्पिक हलमा प्रस्तुती दिने भएको छ ।  
दक्षिण कोरियाको अन्तराष्ट्रिय हलका रुपमा प्रख्यात ओलम्पिक पार्कमा अवस्थित हलमा नेपथ्यले आफ्नो प्रस्तुती दिन लागेको छ । कोरियालीको दशैंका रुपमा मानिने छुसकमा नेपथ्यले त्यहाँ रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्नेछ । 
दशैंको चार दिन पछि अर्थात अक्टोबर चारमा हुने कन्सर्ट  कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको हो । यस अघि चार पटक कोरियामा प्रस्तुती गरिसकेको नेपथ्यले अन्तराष्ट्रिय हलहरु मार्फत मनोरञ्जन दिदै आएको छ । 
यसपटक छुसक लागि दक्षिण कोरियामा दश दिन विदा हुदैँछ । कोरियाको इतिहासमा छुसकमा दश दिने विदा सम्भवतः पहिलोपटक हो । छुसकको दोश्रो दिन नेपथ्यले सांगितिक मनोरञ्जन दिनेछ । 
गत वर्ष अन्तराष्ट्रिय केबिएस एरेनामा तामांग संघले गरेको कार्यक्रममा नेपथ्य प्रस्तुतीका लागि हल भरिएपछि टिकट नपाएर दर्शक फर्कनु परेको थियो । 
नेपथ्यले  केहिदिन अघि  अष्ट्रेलिया र न्यूजिल्याण्डको श्रृंखलावद्ध सांगीतिक भ्रमण सकेको थियो । दक्षिण कोरियाको कन्सर्टका लागि अमृत गुरुङलाई साथ दिन ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप