शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक महानगर र  तीन उपमहानगरमा कसको कति मत ?

बुधबार, ०४ असोज २०७४, ११ : १६
बुधबार, ०४ असोज २०७४

काठमाडौं–२ नम्बर प्रदेशको एकमात्र महानगर बीरगञ्ज महानगरपालिकामा राजपाले अग्रता लिएको छ ।  पछिल्लो मतपरिणामअनुसार वीरगन्ज महानगरको मेयरमा  राजपाले   १२३९, कांग्रेसले  ९६६, फोरमले   ४७६ माओवादी केन्द्रले  ४०९, एमालेले  ३२५ र फोरम लोकतान्त्रिकले   २९३ मत प्राप्त गरेको छ । 

त्यस्तै बाराको जितपुर उपमहानगरपालिकामा नेकपा एमाले अगाडी देखिएको छ भने कलैयामा समाजबादी फोरम अगाडी छ । जितपुर उपमहानगरको मेयर पदमा ११ सय मत ल्याएर अग्रता कायम गर्दा दोस्रो स्थानमा रहेका माओवादी उम्मेदवारले ८६१ मत ल्याएर पछ्याउदै छन् ।

जितपुरमा कांग्रेसका उम्मेदवारले ७ सय ४४ मत ल्याएर तेस्रो स्थानमा कायम राखेका छन् । त्यस्तै कलैयाको मेयरमा संघीय समाजवादीका उम्मेदवारले १२८ मत ल्याएर अग्रस्थान कायम गरेका छन् भने दोस्रो स्थानमा एमाले ८८ र तेस्रो स्थानमा कांग्रेस उम्मेदवारले ६३ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवारले १६ मत पाएका छन् ।    
मतगणनाको सुरुवाती चरणमा जनकपुर उपमहानगरमा राजपा पहिलो स्थानमा छ । आज बिहानको पछिल्लो मतपरिणामअनुसार राजपाका मेयर उम्मेदवार लालकिशोर साह कांग्रेस उम्मेदवारभन्दा ३३० मतले अगाडि छन् । लालकिशोरले १०७४ मत ल्याउँदा कांग्रेसका मनोज साहले ७४४ मतमात्र पाएका छन् ।
उपमेयरमा पनि राजपाकै अग्रता छ । राजपाकी उपमेयर उम्मेदवार रिता झाले ४६४ मत ल्याउदा कांग्रेस उपमेयर उम्मेदवारले ३८२ मत ल्याएकीछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप