बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

४ युवासँग मालाको रोमान्स

बुधबार, ०४ असोज २०७४, १० : ५८
बुधबार, ०४ असोज २०७४

काठमाडौं – अभिनेत्री मोडल माला लिम्बु अघि बढौं भन्दै देखिएकी छन् ।  गायक ससान कडेँल र गायिका अर्पणा श्रेष्ठको नयाँ युगल गीत ‘अघि बढौँ’बो म्युजिक भिडियोमा उनको हट अभिनय समेत देख्न पाइन्छ ।
भावना खतिवडाको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका, भने सिर्जन बरालको कोरीयोग्राफी तथा निशान घिमिरेको सम्पादन रहेको छ ।
 भिडियोलाई गायक ससानले नै निर्देशन गरेका हुन् । भिडियोमा मालाको अलवा ससान कडेँल, आरजेश, देव, शंकर र विनोदको अभिनय रहेको छ । भिडियोमा मालाले चार युवासँग रोमान्स गरेकी छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप