बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘छक्का पन्जा २’सँग भिड्न ११ असोजमा ‘मेरो पैसा खोई’

बुधबार, ०४ असोज २०७४, १० : ५३
बुधबार, ०४ असोज २०७४

काठमाडौं – रोज राणाको निर्माण निर्देशन रहेको चलचित्र ‘मेरो पैसा खोई’ ११ असोजमै प्रदर्शनमा आउँने भएको छ । केही पहिले ९ कात्र्तिक रिलिज मितितय गरेको यो चलचित्र अहिले ११ असोजमा आउँने भएको हो । 
११ असोजमै ‘मेरो पैसा खोई’ प्रदर्शनका लागि तयारी पुरा भएको निर्माता रोज राणाले बताए । चलचित्र प्रदर्शनका लागि आजबाट प्रचार प्रसार ब्यापक बनाउने रणनीतिमा आफु लागेको राणाले खुलाए ।
यस अगाडि यो मितिमा चलचित्र ‘छक्का पन्जा २’ एक्लै आउने कुरो थियो । अहिले ‘मेरो पैसा खोई’ थपिएपछि दुई चलचित्र प्रदर्शनमा आउँने भएका हुन् ।
हुन त केही अगाडि छविराज ओझा निर्मित ‘मंगलम्’ रिलिज हुने चर्चा चल्यो । तर यो मितिमाबाट छबि पछि सरेपछि निर्माता राणा अगाडि बढेका हुन् ।
बितरक सुनिल मानन्धरले पनि ११ असोजमा चलचित्र ‘मेरो पैसा खोई’ ल्याउन लागेको बताए । धेरै चलचित्र भवन उपलब्ध हुने बाताबरण सहित ‘मेरो पैसा खोई’ ल्याउन लागेको मानन्धरको भनाई रहेको छ । 
कमेडी प्रधान बिषयमा निर्माण भएको यो चलचित्रमा सौगात मल्ल, वर्षा राउत, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका छ । एकै मितिमा आउने यी दुबै चलचित्रमा हिरोइन वर्षा राउत छिन् । 
एकल प्रदर्शनमा आउन लागेको ‘छक्का पन्जा २’सँग रोजेको ‘मेरो पैसा खोई’ आउँने भएपछि अहिले चलचित्र क्षेत्र तरंगीत बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप