बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ अपडेट : कति स्थानमा को अगाडि ? दोस्रोमा चर्को प्रतिस्पर्धा

बुधबार, ०४ असोज २०७४, १० : ४७
बुधबार, ०४ असोज २०७४

काठमाडौं– प्रदेश नम्बर २ का १३६ स्थानीय तहको मतगणनाको प्रारम्भिक चरणमा  नेपाली कांग्रेस, एमाले, संघीयसमाजबादी फोरम र राजपाबीच कडा प्रतिस्पर्धा देखिएको छ । मतगणना जारी रहेका एक सय स्थानीय तहको मत गणनामा नेपाली कांग्रेसले बढि स्थानमा अग्रता लिएपनि कतिपय स्थानीय तहमा  एमाले, फोरम र राजपाले पनि कडा टक्कर दिइरहेका छन् । 
बुधबार बिहानसम्म नेपाली कांग्रेसले २८, एमालेले २०, संघीयसमाजवादी फोरमले १९ र माओवादी केन्द्रले १७ स्थानीय तहमा अग्रता लिएका छन् । राजपा लगायत अन्य दलले १६ स्थानमा अग्रता लिएका छन् । 
२ नम्बर प्रदेशको एकमात्र बीरगञ्ज महानगरपालिका र २ नम्बरको प्रस्तावित राजधानी समेत मानिएको जनकपुर उपमहानगरमा राजपाले अग्रता लिएको छ । यी दुवै स्थानीय तहमा कांग्रेसले जित्ने दावी गर्दै आएको थियो ।
त्यस्तै बाराको जितपुर उपमहानगरपालिकामा नेकपा एमाले अगाडी देखिएको छ भने कलैयामा समाजबादी फोरम अगाडी छ । जितपुर उपमहानगरको मेयर पदमा ११ सय मत ल्याएर अग्रता कायम गर्दा दोस्रो स्थानमा रहेका माओवादी उम्मेदवारले ८६१ मत ल्याएर पछ्याउदै छन् । जितपुरमा कांग्रेसका उम्मेदवारले ७ सय ४४ मत ल्याएर तेस्रो स्थानमा कायम राखेका छन् । त्यस्तै कलैयाको मेयरमा संघीय समाजवादीका उम्मेदवारले १२८ मत ल्याएर अग्रस्थान कायम गरेका छन् भने दोस्रो स्थानमा एमाले ८८ र तेस्रो स्थानमा कांग्रेस उम्मेदवारले ६३ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवारले १६ मत पाएका छन् ।    
मतगणनाको सुरुवाती चरणमा जनकपुर उपमहानगरमा कांग्रेस दोस्रो स्थानमा छ । आज बिहानको पछिल्लो मतपरिणामअनुसार राजपाका मेयर उम्मेदवार लालकिशोर साह कांग्रेस उम्मेदवारभन्दा ३३० मतले अगाडि छन् । लालकिशोरले १०७४ मत ल्याउँदा कांग्रेसका मनोज साहले ७४४ मतमात्र पाएका छन् ।
उपमेयरमा पनि राजपाकै अग्रता छ । राजपाकी उपमेयर उम्मेदवार रिता झाले ४६४ मत ल्याउदा कांग्रेस उपमेयर उम्मेदवारले ३८२ मत ल्याएकीछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप