शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्कृष्ट फर्ममा मेस्सी : क्याम्प नाउमा मेस्सीको ३ सयौँ गोल पूरा

बुधबार, ०४ असोज २०७४, १० : ३९
बुधबार, ०४ असोज २०७४

बार्सिलोना । लियोनेल मेस्सीको चार गोलको मद्दतले इबारलाई पराजित गर्दै बार्सिलोनाले नयाँ लिग सिजनमा शतप्रतिशत नतिजा कायम राखेको छ ।

मेस्सीले खेलको २० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । 

त्यसपछि पाउलिन्होले गोल गर्दै बार्सिलोनको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा डेनिस सुवारेजले बार्सिलोनको अग्रता फराकिलो बनाए पनि सर्जि एनरिचले गोल गर्दै स्कोर ३–१ बनाए ।

त्यसपछि मेस्सीले केही मिनेटको अन्तरालमा दुई गोल थपे भने खेलको अन्त्यतिर एलेक्सिस भिडालको पासको अर्को गोल गर्दै बार्सिलोनलाई ६–१ को सहज जित निकाले ।

जीतसँगै बार्सिलोना १५ अंकसहित ला लिगाको शीर्ष स्थानमा रहेको छ ।

अर्जेन्टिनी फरवार्ड पछिल्लो समय राम्रो फर्ममा रहेका छन् । उनले ला लिगाका पछिल्ला ४ खेलमा नौ गोल गरेका छन् ।

उनले योसँगै क्याम्प नाउमा ३०१ गोल पूरा गरेका छन् ।

उता, सिमोन जाजाले ९ मिनेटभित्र ह्याट्रिक पूरा गर्दा भ्यालेन्सियाले मालागालाई ५–० गोल अन्तरले पराजित गर्यो ।

जीतसँगै भ्यालेन्सिया लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप