शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि

बुधबार, ०४ असोज २०७४, १० : ३६
बुधबार, ०४ असोज २०७४

लहान -स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ । 

आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा ९माओवादी केन्द्र०ले आठ वडा जितेको छ भने नेकपा ९एमाले०, संघीय समाजवादी फोरम नेपालले तीन÷तीन र नेपाली काँग्रेस र राजपाले दुई÷दुई वडामा विजय हासिल गरेका छन् । 

पछिल्लो प्राप्त परिणामअनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी हुनुभएको छ भने धनगढीमाई नगरपालिका–३ मा पनि माओवादी केन्द्रकै देवन साह प्यानलसहित विजयी हुनुभएको छ । 

अर्नमा गाउँपालिका–१ मा वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार गफार मियाँ ७२४ मत ल्याएर प्यानलसहित विजयी हुुनुभएको छ भने अर्नामा–२ मा माओवादीकै गंगाप्रसाद महतो ५२३ मतसहित प्यानल विजयी हुनुभएको छ । 

मिर्चैया नगरपालिका–१ मा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मतसहित प्यानलसहित विजयी भएको छ भने विष्णुपुर गाउँपालिका–१ मा कोविन्द यादव ५१६ मत ल्याई प्यानलसहित विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । योसँगै माओवादी केन्द्रले सिरहामा आठवटा वडामा जित हात पारेको छ । 

यसअघि माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको वडा नम्बर १ र ३ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको थियो । कर्जन्हा नगरपालिका–१ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मोहनबहादुर खत्री र सोही नगरपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रकै कपलेश्वर यादव विजयी हुनुभएको छ । 

यस्तै, सिरहाको नवराजपुर गाउँपालिका–१ मा एमालेका रामअवतार यादव ९३६ मतसहित विजयी हुनुभएको छ । एमालेले धनगढीमाई नगरपालिका–१ मा पनि सफलता हात पारेको छ । एमालेका वडाध्यक्षका उम्मेदवार सूर्यनारायण महतो प्यानलसहित विजयी हुनुभएको छ । कर्जन्हा–२ मा एमालेका गणेशकुमार अधिकारी ४६६ मतसहित विजयी हुनुभएको छ । 

यस्तै, संघीय समाजवादी फोरम नेपालले सिरहाको भगवानपुर, औरही र विष्णुपुरको एक÷एक वडामा विजय हासिल गरेको छ । 

औरही गाउँपालिका–१ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्षका उम्मेदवार सुरतलाल ठाकुर ५४७ मतसहित विजयी हुनुभएको छ भने भगवानपुर गाउँपालिका–१ का संघीय समाजवादी फोरम नेपालकै वडाध्यक्षका उम्मेदवार बद्रीनारायण यादव विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मा कपिलदेव यादव प्यानलसहित विजयी हुनुभएको छ । 

यस्तै, नवराजपुर वडा नम्बर २ मा नेपाली काँग्रेसका खुशीलाल साह २९४ मत प्राप्त गरी प्यानलसहित विजयी हुनुभएको छ । यसअघि लहान नगरपालिका–२ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार शियाराम यादव ३४९ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको थियो । 

सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १ र २ मा राजपाका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । कल्याणपुर नगरपालिका–१ मा ५१२ मतसहित राजपाका वडाध्यक्षका उम्मेदवार विशेश्वर मुखिया र वडा नम्बर २ मा सोही पार्टीका वडाध्यक्षका उम्मेदवार जयराम कामती विजयी हुनुभएको छ । 

त्यसैगरी, विवादका कारण स्थगित भएको सिरहाको लहान नगरपालिकाको मतगणना कार्य आज बिहानदेखि पुनः सुचारु भएको छ । 

निर्वाचन अधिकृत र दलका प्रतिनिधिबीच विवाद भएका वडाका खोलिएका मतपत्रलाई पुनः गणना गर्न सिलबन्दी गर्ने र अरु बाँकी वडाको मतगणना अगाडि बढाउने सहमति भएपछि बिहान ६ बजेदेखि सुचारु भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिनुभयो । 

लहान नगरपालिका–३ को मतगणनाको क्रममा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले केही मतको अग्रता लिएपछि संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिले पुनः मतगणनाको माग गर्दै विरोध गरेपछि लहान नगरपालिकाको मतगणना कार्य मंगलबार दिउँसो २ बजेदेखि मतगणना कार्य अवरुद्ध भएको थियो । 

लहान नगरपालिकाको हालसम्मको मत परिणामअनुसार नेकपा ९एमाले० ले अग्रता लिएको छ । प्रमुखमा एमाले १०३३, राप्रपा ८७४, नेपाली काँग्रेस ८११, संघीय समाजवादी फोरम नेपालले ७४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप