शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा राजपाको अग्रता, कांग्रेस दोस्रो स्थानमा

बुधबार, ०४ असोज २०७४, १० : २६
बुधबार, ०४ असोज २०७४

धनुषा–कांग्रेसको पकड मानिएको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको छ । 
मतगणनाको सुरुवाती चरणमा यो उपमहानगरमा कांग्रेस दोस्रो स्थानमा छ । आज बिहानको पछिल्लो मतपरिणामअनुसार राजपाका मेयर उम्मेदवार लालकिशोर साह कांग्रेस उम्मेदवारभन्दा ३३० मतले अगाडि छन् । लालकिशोरले १०७४ मत ल्याउँदा कांग्रेसका मनोज साहले ७४४ मतमात्र पाएका छन् ।
उपमेयरमा पनि राजपाकै अग्रता छ । राजपाकी उपमेयर उम्मेदवार रिता झाले ४६४ मत ल्याउदा कांग्रेस उपमेयर उम्मेदवारले ३८२ मत ल्याएकीछन् । एक उपमहानगर, ११ नगरपालिका र ६ वटा गाउँपालिका रहेको धनुषाका अन्य स्थानीय तहमा पनि मतगणना जारी रहेको छ । यद्यपी मतगणना अव्यवस्थित भएको भन्दै सञ्चारकर्मीले समयमै सुचना नपाउँदा समचार सम्प्रेशणमा समस्या भएको गुनासो गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप