क्रिस गेलको नयाँ किर्तिमान : टी–२० मा हाने १०० छक्का
लण्डन । वेस्ट इन्डिजका अलराउन्डर क्रिस गेलका नाममा कैयौँ किर्तिमान रहेका छन् । उनले यस्तो नयाँ रेकर्ड बनाएका छन्, अब त्यसलाई तोड्न त्यति सजिलो हुने छैन ।
उनले टी–२० मा यस्ता गरेर देखाए, आजसम्म कुनै पनि खेलाडीले गर्न सकेका छैनन् । बायाँ हाते व्याटसम्यान गेलले इङ्ग्ल्याण्डविरुद्धको एक मात्र टी–२० म्याचमा १ सय छक्का हानेको रेकर्ड बनाएका हुन् ।
गेल टी–२० खेलमा १ सय छक्का लगाउने एक मात्र खेलाडी हुन् । उनले ५२ औँ टी–२० अन्तर्राष्ट्रिय म्याचमा यो रेकर्ड बनाएका हुन् ।
गेलले इङ्ग्ल्याण्डविरुद्ध डरहम मैदानमा खेलिएको म्याचमा बलर डविड विलीको बलमा छक्का लगाएर यो किर्तिमान बनाएका थिए ।
यो म्याचमा उनले २१ बलमा ४० रन बनाए । यो पारीमा उनले ३ चौका र ४ छक्का हिर्काएका थिए ।
यो पारीको पहिलो छक्कामै उनले १०० छक्काको रेकर्ड बनाएका थिए ।
गेलले रेकर्ड त बनाए नै खेल पनि उनको टिमले २१ रनले जित्यो ।