बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजपाले खाता खोल्यो महोत्तरीमा

बुधबार, ०४ असोज २०७४, ०९ : ०८
बुधबार, ०४ असोज २०७४

महोत्तरी - महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्षमा विजय प्राप्त गर्दै खाता खोलेको छ । 

महोत्तरी गाउँपालिका–१ मा राजपाका जीतेन्द्र यादव ६४० मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । 

मतदान अधिकृत रामानन्दप्रसाद अधिकारीका अुनसार उहाँले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनन्दन यादवलाई ५०५ मतान्तरले हराउँदै वडाध्यक्ष पदमा विजयी भएका हुन् । 

उहाँका निकटतम प्रतिद्वन्द्वी रामनन्दन यादवले १३५ मत मात्रै प्राप्त गर्नुभएको छ । महोत्तरी गाउँपालिकाको अध्यक्षमा ७९९ मत ल्याएर राजपाका सुनिल राय मतगणनामा अगाडि रहेका छन् । 

भंगहा— १ मा माओवादी केन्द्रको प्यानलै विजयी 

यसैगरी, महोत्तरी जिल्लाकै भंगहा नगरपालिका वडा नम्बर १ मा नेकपा ९माओवादी केन्द्र०को प्यानलै विजयी भएको छ । 

निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार भंगहा नगरपालिका–१ को वडाध्यक्षमा नवलकिशोर कापर ७८८ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राजपाका राजेश साह कलवारले ४६२ मत ल्याएका छन् । 

भंगहा–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ भने सो नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार ११७० मत ल्याएर अग्रस्थानमा रहेको निर्वाचन अधिकृत कार्कीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप