शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको जलेश्वर वडा नं १ मा लोकतान्त्रिकका झा विजयी

बुधबार, ०४ असोज २०७४, ०९ : ०४
बुधबार, ०४ असोज २०७४

गौशाला - महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । 

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झाले २८६ मत ल्याएर विजयी भएका छन् । 

त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्दी राजपाका राकेशकुमार साहले २१६ मत ल्याएका हुन् । 

यसैगरी, सो वडाको एक वडा सदस्य, दलित महिला सदस्य पनि नेपाल लोकतान्त्रिक फोरमले नै जितेको छ भने एक सदस्य राजपाले जितेको छ । दुईजना वडा सदस्य पदका उम्मेदवारको मत बराबर भएकोमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप