शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो संयोग : राज्यका प्रमुख तीन अंगका प्रमुख एकै पटक विदेशमा

बुधबार, ०४ असोज २०७४, ०८ : ४६
बुधबार, ०४ असोज २०७४


काठमाडौं -देशमा कहिलेकाही अनौठो संयोग आउँछ । अहिले त्यस्तै भएको छ । राज्यका प्रमुख तीन अंगका प्रमुख एकै पटक विदेश भ्रमणमा छन् । कार्यपालिका प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन अमेरिका गएका छन् । व्यवस्थापिका प्रमुख सभामुख ओनसर्री घर्ती वान बेल्ट वान रोडको कार्यक्रममा भाग लिन आज चीन जाँदैछिन् । उ


राज्यका प्रमुख तीन वटै अंगका प्रमुख एकै पटक विदेश भ्रमणमा गएपछि केही प्श्न उठेका छन् । यति नै बेला देशमा कुनै ठूलै घटना वा दूर्घटना भयो भने के गर्ने ?, कुनै महत्वपूर्ण निर्णयका लागि कार्यकारी प्रमुखहरुको आबश्यकता देखियो भने के हुन्छ ? र यस्तो भ्रमण निर्वाचन आचारसंहिता विपरित हुन्छ कि हुँदैन ? भन्दै प्रश्न उठेका छन् । 


प्रधानमन्त्री न्यूयोर्कमा :  प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । 
‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल मंगलबारदेखि शुरु भएको छ । 

महासभाकै क्रममा न्यूयोर्कमा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।     सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत छन् । 


सभामुख चीनमा : व्यवस्थापिकाको नेतृत्व सभामुखको हुन्छ । सभामुख ओनसरी घर्ती आज चीन जाँदैछिन् । चीनको कुनमिङमा हुने वान वेल्ट वान रोकको कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेकी हुन् । सभामुख घर्ती असोज ८ मा फर्कने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । 

विदेश जानुपर्ने भएपछि सभामुख घर्तीले मंगलवार राती अवेरसम्म संसद चलाएकी थिइन् । हिजो कार्यसचिविनै संसद चलेको भन्दै केही सांसदले असन्तुष्टि पनि जनाएका थिए । 

प्रधानन्यायाधीश जापानमा : एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलनमा भाग लिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश पराजुली जापान गएका छन् । उनी सोमवार जापान पुगेका थिए । प्रधानन्यायाधीशहरुको १७ औँं सम्मेलनमा भाग लिन सर्वोच्च अदालतका पराजुलीसहित मुख्य रजिष्टार नहकुल सुवेदी, भक्तपुर जिल्ला अदालतका न्यायाधीश विदुर कोइराला, डेपुटी रजिष्टार रामप्रसाद पौडेल पनि गएका छन् । 

सोमबारदेखि सुरु भएको र चार दिनसम्म जारी सम्मेलनमा न्यायपालिकाको कार्यलाई सुढृण बनाउने, जनविश्वास अभिवृद्धिका लागि अन्य देशमा भइरहेको प्रयास र अदालतको जनशक्ति सुधारमा हुनसक्ने प्रयासबारे छलफल भैरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप