बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै वडामा हारे माधव नेपाल

बुधबार, ०४ असोज २०७४, ०८ : २०
बुधबार, ०४ असोज २०७४

रौतहट - एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर भएको  रौतहट गौर नगरपालिकाको एक वडामा राजपाको प्यानल नै विजयी भएको छ । 

वडाध्यक्षमा राकेशकुमार झा सहित राजपाको प्यानल नै गौर नगरपालिकाको वडा नम्बर २ मा विजयी भएको हो । 

मेयरमा भने एमालेको अग्रता कायमै छ । मेयरमा एमालेले १२१४ मत लिदै अग्रता कायम गरेको छ भने राजपा उम्मेदवारले १०४२ र संघीय फोरमका उम्मेदवारले १२२ मत पाएका छन् ।

वडा नम्बर १ मा फोरम लोकतान्त्रिकका भरत साहको प्यानल नै विजयी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप