बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा फेरी भूकम्प, एक सय ३० को मृत्यु

बुधबार, ०४ असोज २०७४, ०८ : १०
बुधबार, ०४ असोज २०७४

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु भएको खबर छ । 

७.१ रेक्टर स्केलको भूकम्प जाँदा राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।

राजधानीमै दजनौं घरहरु भत्किएका छन् । स्कुलका भवनहरु  भत्किएका छन्, जहाँ बालबालिका फसेको बताइएको छ ।

त्यहाँ अहिले खोजी तथा उद्दार कार्य जारी छ । 

भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर मेक्सिको सिटीमा मानिसहरु अभ्यास गरिरहेको समयमा यो भूकम्प आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि
-यसै महिना ८.१ रेक्टर स्केलको भूकम्प मेक्सिकोको दक्षिणी भागमा गएको थियो, जसमा ९० जनाको मृत्यु भएको थियो ।

-मेक्सिकोमा ३२ वर्षअघि गएको विनाशकारी भूकम्पमा १० हजार मानिसले ज्यान गुमाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप