बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मासिक ८ अर्बको खसीबोकाको मासु खपत

बुधबार, ०४ असोज २०७४, ०६ : ३८
बुधबार, ०४ असोज २०७४

नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ ।

उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ ।

नेपालीले खसीबोकाको मासुका लागि मात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन् । पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

यसमध्ये झन्डै चार लाख खसीबोका स्वदेशमै उत्पादन हुन्छन् भने ३० हजार गोटा भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएको तथ्यांक छ । खसीबोका आयातको ९८ प्रतिशत हिस्सा भारतको छ ।

नेपाली बजारमा स्वदेश र आयातित खसीबोका औसत ३० किलोका भित्रिने गर्छन् । ३० किलोको खसीबोकाबाट २४ किलो तयारी मासु बन्छ । एक किलो खसीबोकाको मासुको उपभोक्ता मूल्य औसत आठ सय रुपैयाँ पर्छ ।

यसमा दसैंलगायत चाडपर्वको खपतलाई जोडिएको छैन । दसैंका बेला सामान्यभन्दा झन्डै आठ दोब्बर बढी मासु खपत हुने पाइएको छ ।

दसैंको समयमा हुने कारोबारलाई जोड्दा वार्षिक करिब डेढ खर्ब मूल्यको खसीबोकाको मासु खपत हुँदै आएको छ ।

नेपालमा मासिक २२ करोड रुपैयाँबराबरको खसीबोका आयात हुन्छ । दसैंबाहेक सामान्य समयमा भारत, अमेरिका र अस्ट्रेलियाबाट मासिक २१ करोड रुपैयाँबराबरका ३० हजार गोटा खसीबोका नेपालमा भित्रिने गर्छ ।

भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने गत साउन महिनामा मात्रै भारतसहित तेस्रो मुलुकबाट यो परिमाणमा मासुका लागि खसीबोका आयात भएको हो ।

मासिक ३० हजार खसीबोका आयात, वार्षिक अढाई अर्ब रुपैयाँ बाहिरिने, वार्षिक ९९ अर्ब रुपैयाँको खसीबोकाको मासु खपत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप