बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

शुक्रबार, १४ कात्तिक २०७७, ०९ : २२
शुक्रबार, १४ कात्तिक २०७७

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । 

बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका हुन् । 

फेला परेको झोलाभित्र रु ९९ हजार ६४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो । 

झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप