शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हायातको सरकारी लगानी हत्याउने दाउ : २० अर्बको सम्पत्तिमा चलखेल

बुधबार, ०४ असोज २०७४, ०६ : ०१
बुधबार, ०४ असोज २०७४

मुलुककै ठुलो पाँचतारे होटल हायात को सेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी लगानी हत्याउन खोेजेको खुलेको छ । 

सार्वजनिक निजी साझेदारअन्र्तगत २०४९ सालमा स्थापना भएको हयातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार राशेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लागनी गरिएको थियो । 

कुल लागनीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ लगानी थियो । 

अहिले एक सय ५० रोपनी जग्गासहित यो होटलको सम्पत्ति २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

होटल सथापना हुँदा सरकारको लगानी ३९.७७ प्रतिशत रहेकामा निजी साझेदारको चलखेलका कारण ९.०१ प्रतिशतमा खुम्चिएको छ ।, यो खबर आजको नागरिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप