अमेरिकी चुनावः पछि परे ट्रम्प
अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएको देखिएको छ ।
बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्नेछन् । पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ ।
सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्नेछन्, र दुबै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ ।
गत वर्षदेखि नै सिएनएनले गरेका हरेक मतसर्वेक्षणमा बाइडेनले नै अग्रता बनाइरहेका छन् ।
विगतमा रिपब्लीकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ । महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् भने गैर–अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ ।
राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ती दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उनका कार्यशैलीलाई रुचाएका छैनन् ।
अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै