बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मास्क लगाउन आग्रह गर्दा गार्डमाथि २७ पटक छुरी प्रहार, दिदीबहिनी पक्राउ

बिहीबार, १३ कात्तिक २०७७, १५ : ०७
बिहीबार, १३ कात्तिक २०७७

मास्क र सेनिटाइजर लगाउन आग्रह गर्दा अमेरिकामा एक स्टोरका सेक्यूरिटी गार्डमाथि चक्कु प्रहार भएको छ । इलिनोइस राज्यमा गार्डको हत्याको प्रया गरेकोमा दुई जना दिदी बहिनीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिकागो प्रहरीका अनुसार मास्क बिना स्टोरमा पुगेका दुई दिनीबहिनीको ३२ वर्षीय गार्डसँग भनाभन परेको थियो । ती गार्डले दुईजनालाई मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने बताउँदा विवाद भएको कुक काउन्टी स्टेट एटर्नी अफिसले जनाएको छ ।

वादविवादपछि २१ वर्षीया जेसिका हिलले चक्कु निकालेर ती गार्डको ढाड, घाँटी र हातमा २७ पटकसम्म प्रहार गरेकी थिइन् । दिदीले आक्रमण गर्दा उनकी १८ वर्षीया बहिनी जायला हिलले गार्डलाई कपालमा समेर भुइँमा लडाएर पक्रेकी थिइन् ।

प्रहरीका अनुसार पीडित गार्डको अवस्था अहिले स्थिर रहेको छ ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप