मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘भाले जुधाइ’ रोक्न खोज्दा कुखुराको आक्रमणबाट प्रहरीको मृत्यु

बिहीबार, १३ कात्तिक २०७७, १४ : ४१
बिहीबार, १३ कात्तिक २०७७

फिलिपिन्समा आयोजित गैरकानुनी ‘भाले (कुखुरा) जुधाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारी भालेको आक्रमणबाट मारिएका छन् । उत्तरी समार प्रान्तका प्रहरीका अनुसार लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भिडन्तका लागि भाले कुखुराको खुट्टामा बाँधिएको फलामको धारिलो वस्तुले लागेको थियो ।

भालेलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टाको नशामा लागेको बताउँदै प्रहरीले भनेको छ, ‘उनलाई तत्कालकै प्रान्तीय अस्पतालमा लगिए पनि धेरै रक्तश्राव भएका कारण मृत्त घोषित गरिएको थियो ।’

फिलिपिन्समा भाले जुधाइ खेलको लामो इतिहास छ । तर, यसबाट कोभिड–१९ को संक्रमण फैलिएको खुलेपछि यसलाई गत अगस्तमा प्रतिबन्ध लगाइएको थियो । ‘टुपाडा’ भनेर चिनिने यस प्रतियोगितालाई अहिले पनि प्रहरीको आँखा छलेर खेलाउने गरिएको छ ।

घटनामा तीन जनलाई पक्राउ गरिएको र तीन जना अझै फरार रहेको बताइएको छ । उनको बुधबार अन्तिम संस्कार गरिएको छ ।

सीएनएन

Posted by Northern Samar Police Provincial Office on Tuesday, October 27, 2020

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप