भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ
मङ्गलबार, ०३ असोज २०७४, २१ : २७
काठमाडौँ – महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध रुपमा भन्सार छली ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । भारतको नयाँदिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख १०२ नं को बसमा प्रभागबाट खटिएको टोलीले आज जाँच गर्दा भन्सार छलेर ल्याएको सामानसहित चालक काभ्रेका रवीन्द्रप्रसाद महजु र सहचालक भक्तपुरका श्यामसुन्दर नकर्मीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकासँग दुई हजार ३२६ थान सुटका कपडा र १० थान हाते झोला बरामद गरिएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।
बरामद कपडासहित उनीहरुलाई आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालय हरिहरभवन ललितपुर पठाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे