बेलायतमा एकै दिन २४ हजार भन्दा बढी संक्रमित थपिए
लन्डन – बेलायतमा बुधबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार आज थप २४ हजार ७०१ नयाँ कोरोना संक्रमित थपिएका हुन् । अघिल्लो दिनको तुलनामा संक्रमित हुनेको संख्या झन्डै दुई हजारले बढी छ ।
यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ४२ हजार २७५ पुगेको छ । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा ६२ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले बताएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ३१० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्य्कतिहरु रहेका छन् । हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ६७५ पुगेको छ ।
सरकारी तथ्याङ्कअनुसार झन्डै एक तिहाई मृतकहरु ७५ वर्ष भन्दा माथिका रहेका छन् । तर पछिल्लो समयमा भने ठूलो संख्यामा मृत्यु हुनेमा ९० वर्षमाथिका रहेका छन् ।
कोरोनाको संक्रमण बढेसंगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक सुपमा बढ्दै गैरहेको छ । पछिल्लो २४ घन्टामा एक हजार २२७ जना कोरोना संक्रमितहरु अस्पताल भर्ना भएका छन् ।
हाल ९०२ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने ९ हजार ५२० जना कोरोना संक्रमितको अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’