बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलमा महिला यात्रुको कपडा उतार्न लगाएर जाँच गरेकोमा कतारले माफी माग्यो

बुधबार, १२ कात्तिक २०७७, १७ : १४
बुधबार, १२ कात्तिक २०७७

आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रीहरुसँग आपत्तिजनक तरिकाले जाँच गरेको आरोपमा कतारले माफी मागेको छ । घटना गत २ अक्टोबरमा भएको हो । दोहास्थित एक विमानस्थलमा एक नवजात शिशु फोहोर फाल्ने डब्बामा फेला परेकी थिइन् ।  त्यसपछि बच्चा कसले जन्म दिएको हो भनेर पत्ता लगाउन विमानस्थलमा रहेका कयौँ महिलाको जाँच गरिएको थियो ।

यस क्रममा महिलाहरुको कपडासमेत खोल्न लगाएर आपत्तिजनक तरिकाले जाँच गरिएको थियो । कम्तिमा १० वटा उडानमा रहेका महिला यात्रुहरुको यसरी जाँच गरिएको बताइएको छ ।

अस्ट्रेलियाको सरकारका अनुसार यसरी जाँचबाट गुज्रनु पर्ने विदेशी महिलाहरुमा कम्तिमा १८ जना अस्ट्रेलियाका नागरिक थिए । अस्ट्रेलियाको मिडियाले यस विषयमा पहिले रिपोर्ट प्रकाशित गरेको थियो । दोहाबाट सिड्नी उडान भर्न लागेको विमानबाट सबै महिलाहरुलाई विमानबाट उतारिएको थियो । त्यसपछि उनीहरुलाई एक एम्बुलेन्समा लगिएको जहाँ उनीहरुलाई भित्री वस्त्र उतार्न लगाएर परीक्षण गरिएको थियो ।

कतार सरकारले आफ्नो वेबसाइटमा एक वक्तव्य जारी गर्दै महिला यात्रुले बेहोर्नु परेको असुविधाको लागि माफी मागेको छ । सरकारका अनुसार एक बच्ची फोहोर फाल्ने डब्बामा प्लास्टिकको ब्यागमा फेला परेकी थिइन् । त्यही भएर उनको मातापितालाई खोज्न थालिएको थियो । यसक्रममा शिशु भटिएको स्थानबाट नजिकका विमानहरुको जाँच गरिएको थियो ।

यस्तो भायनक अपराधबाट आरोपी भाग्न नसकोस् भनेर जाँच गरिएको बताउँदै यसबाट यात्रुको निजी स्वतन्त्रता उल्लंघन भएकोमा माफी मागेको छ । कतार सरकारले बच्चीको अवस्था अहिले स्वस्थ र सुरक्षित रहेको छ । सरकारले यस विषयको व्यापक र पारदर्शी जाँच गर्न निर्देशन दिँदै यसको रिपोर्ट अन्य देशलाई पनि साझा गर्न भनेको छ ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप