शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी तीन वडामा विजयी

मङ्गलबार, ०३ असोज २०७४, १९ : ५१
मङ्गलबार, ०३ असोज २०७४

लहान – सिरहामा नेकपा (माओवादी केन्द्र) तीन, संघीय समाजवादी फोरम र राजपा दुई÷दुई तथा नेपाली काँग्रेस र नेकपा (एमाले) एक÷एक वडामा समूहसहित विजयी भएका छन् । 

पछिल्लो मतपरिणामअनुसार कर्जन्हा नगरपालिका १ र ३ को वडाध्यक्षमा माओवादी केन्द्रका क्रमशः मोहनबहादुर खत्री र कपलेश्वर यादव विजय भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिए । यस्तै अर्नमा गाउँपालिका–१ को वडाअध्यक्षमा माओवादी केन्द्रका गफार मियाँले ७ सय २४ मत ल्याइ विजयी भएको छ । 

जिल्लाको कल्याणपुर नगरपालिका १ र २ को वडाध्यक्षमा राजपाका क्रमशः विशेश्वर मुखिया र जयराम कामती विजयी भएका छन् । यस्तै औरही गाउँपालिका–१ को वडाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका तुलसी ठाकुर र भगवानपुर गाउँपालिका १ को वडाध्यक्षमा सोहि पार्टीका बद्रीनारायण यादव विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै धनगढीमाई नगरपालिका–१ के वडाध्यक्षमा नेकपा (एमाले) का सूर्य नारायण महतो र लहान नगरपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेसका शियाराम यादव वजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप