शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा वडाहरुको विजयी सुरुवात

मङ्गलबार, ०३ असोज २०७४, १९ : २०
मङ्गलबार, ०३ असोज २०७४

सिरहा – तेस्रो चरण अन्तर्गतको स्थानीय तह निर्वाचनको मत गणना प्रकृया जारी रहँदा सिरहामा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम, राष्ट्रिय जनतापार्टी नेपालले वडाहरुमा विजय जितेका छन् ।
सिरहाको कर्जन्हा नगरपालीका वडा नम्वर १ र ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष विजयी भएका छन् । पार्टीको तर्फबाट १ नम्वर वडामा मोहन केसीको प्यानल विजयी भएका छन्, भने ३ नम्वर वडामा अध्यक्ष कपलेश्वर यादव विजयी भएका छन् । सवै सदस्यहरु भने नेकपा एमालेका विजयी भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिए ।
त्यसैगरी अर्नमा गाउँपाली १ बाट पनि माओवादी केन्द्रका वडाअध्यक्ष गफार मियाँको प्यानल विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । 
लहान नगरपालिका वडानम्बर २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष सीयाराम यादव सहित प्यानल नै विजयी भएका छन् ।

यसैगरी सिरहाको भवगवानपुर वडा नम्बर १ र औरही गाउँ पालीका १ बाट संघयि समाजवादी फोरम नेपालका वडा अध्यक्ष पदका उम्मेदवारहरु क्रमशः बद्रीनारायण यादव र सुरैतलाल यादबको प्यानल बिजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

कल्याणपुर नगारपालीकाको १ बाट राजपाका जयराम कामती र २ नम्वर वडाबाट विन्देश्वर मुखिया  वडाअध्यक्षको उम्मेदवार विजयी भएका छन् ।  त्यसैगरी, धनगढीमाई नगरपालीका १ मा नेकपा एमालेका सूर्यनारायण महतो विवयी भएका छन् ।  
अहिले सम्म जिल्लाका सवै स्थानिय तहको मतगणणा प्रकृया शान्तिपूर्ण ढंगले चलिरहेको जिल्ला प्रमुख अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । 

लहानमा मतगणणा प्रकृया अवरुद्ध

जिल्लाको १७ वटा स्थानीय निकायमध्ये  लहान नगारपालीका बाहेक सवै ठाउँको मतगणता जारी रहेको छ । लहानमा भने ३ नम्वर वडाको मत परिणाम सार्वजनिक हुने बेलामा संघिय समाजवादी फोरमले रिकाउण्टको माग गर्दै मत गणण प्रकृया अवरुद्ध गरेको छ । 

वडा अध्यक्षको अन्तिम परिणाम सार्वजनिक गर्न लाग्दा संघिय समाजवादी फोरमले रिकाउण्टको माग गरेको हो । यस वडामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले झिनो मतले विजय हासिल गर्ने भएपछि संघिय फोरमले मत गणना अवरुद्ध गर्दै पुनः गणनाको माग गरेको निर्वाचन अधिकृत नारायण वहादुर थापाले जानकारी दिए । उनले कति मत अन्तर रहेको भने बताउन चाहेनन् ।
अपरान्ह करिव २ बजेबाटै रोकीएको मतगणणा अझै सुरु हुन सकेको छैन । निर्वाचन अधिकृत थापाले दलहरुसँग छलफल अझै जारी रहेको भन्दै यति वेला नै मत गणना प्रकृया सुरु हुन्छ भन्ने कुरा अहिले नै बताउन नसकिने जनाए । उनले प्रयास जारी रहेको मात्र बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप