पाइन्ट किन्ने बहानामा बानेश्वरमा लुटपाट
काठमाडौं । पाइन्ट किन्ने बहानामा ग्राहक बनेका एक व्यक्तिले नयाँ बानेश्वरको एक पसलमा लुटपाट गरेको छ ।
नयाँबानेश्वर थापागाउँस्थित ड्रामा क्वीन पसलकी संचालिका ललितपुर हात्तिवन बस्ने सोछेता श्रेष्ठको झोलामा रहेको मोबाईल २ थान र नगद ५ हजार रुपैयाँ मंगलबार लुटपाट भएको हो ।
पसलमा पाईन्ट किन्न भन्दै आएको अपरचित ब्यक्तिले पाईन्ट किन्ने बहानामा उक्त सामान सहितको झोला लिएर हाल अल्फाबेट नखुलेको कालो युनिर्कन मोटरसाइकलमा फरार भएको बताइएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ खटि गएको प्रहरीले लुटेराको खोजी गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता, माडी गाउँपालिका–१ घोरनेटी बस्ने ३९ वर्षीय नन्दराम भण्डारीले आफ्नै श्रीमती ४५ वर्षीया हस्ती वली भण्डारीलाई सोमबार दाउराले प्रहार गर्दा मृत्यु भएको छ ।
उक्त घटनाको जानकारी प्राप्त हुनासाथै खटिएको प्रहरीले अभियुक्त नन्दरामलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिहेको छ ।