शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार योजना

मङ्गलबार, ०३ असोज २०७४, १७ : २७
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं– सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाई हात खाली नजाने उपहार योजना ल्याएको छ । ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया सिंगापुर भ्रमणको प्याकेज र आइफोन सेभेन पाउने योजना समेत ल्याएको छ । 

दशैं र तिहारमा मोबाइल खरिद गर्ने आफ्ना ग्राहकहरुले सिटिभीमा मोबाइल किन्दा ताम्राकार मोबाइल बजारले राखेको उपहार, बिभिन्न मोबाइल कम्पनीले दिने छुट तथा उपहार र सिटिभी मोबाइलले राखेका हात खाली नजाने उपहार समेत पाउने छन् । हात खाली नजाने उपहारमा दैनिक मोबाइल, सुन चाँदीको सिक्का, पावर बैंक, ब्लुटुथ एअरफोन, टिशर्ट, १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म क्यास रहेको जनाइएको छ । 

दशैं देखि तिहारसम्म सिटिभीमा मोबाइल खरिद गर्ने ग्राहकले ६ देखि ६० प्रतिशत सम्म छुटमा मोबाइल खरिद गर्न सक्नेछन् । मोबाइल एक्सचेन्जसँगै ६० मिनेटको फेस टु फेस मोबाइल मर्मतको सुबिधा पनि राखेको सिटिभी मोबाइलका निर्देशक संगम राइले बताए ।

बिश्व बजारमा पाइने सबै ब्राण्डका मोबाइलको कारोबार गर्दै आएको सिटिभी मोबाइलले हरेक बर्ष दशैं र तिहारको अबसर पारी बिभिन्न उपहार र बम्पर उपहार योजना ल्याउने गरेको छ ।

नेपालमा पहिलोपटक मल्टिब्राण्ड मोबाइल सोरुमको अबधारणा ल्याएको सिटिभी मोबाइल ग्रुपले दरबारमार्गस्थित मर्कन्टायल प्लाजमा एप्पल वल्र्ड मोबाइल, केएल टावरमा केएल मोबाइल हब, ताम्राकार कम्प्लेक्समा सिटिभी मोबाइल तथा सिटिभी केयर र सुन्धारस्थित सिटिसी मलमा द वल्र्डभिजन मोबाइलको मल्टिब्राण्ड सोरुममार्फत कारोबार गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप