बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाको मोबाइल बजार योजना सार्वजनिक

मङ्गलबार, ०३ असोज २०७४, १७ : २४
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं –नेपालको सबैभन्दा पुरानो र विश्वसनिय मोबाइल बजारको रुपमा परिचित पाको मोबाइल बजारले पाको यूथ क्लबको सहकार्यमा दशैं, तिहार र छठको अवसर पारेर प्रबद्र्धनात्मक योजना सार्वजनिक गरेको छ ।

पाको मोबाइल बजारले ‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजना सार्वजनिक गरेको हो । यो योजना अन्र्तगत दशैं, तिहार र छठको अवधिभर मोबाइल खरिद गर्ने ग्राहकलाई बम्पर पुरस्कारमा चारवटा मोटर बाईक दिने जनाइएको छ । 

बजारले मोबाइल खरिद गर्ने ग्राहकलाई लक्की ड्रको माध्यमबाट अपाचे आरटिआर १६० बाईक एउटा, टिभिएस स्ट्राइकर बाईक दुईवटा र वेगो स्कूटर एउटा बम्पर पुरस्कारमा दिने छ ।

त्यसैगरि मोबाइल खरिद गर्ने ग्राहकलाई ३ वटा माउन्टेन बाईक र एक÷एक वटा टिभी तथा रेफ्रिजेरेटर पुरस्कारमा दिने जनाइएको छ । यस्त, ग्राहकलाई विभिन्न ब्राण्डका १० वटा उत्कृष्ट स्मार्टफोन पनि लक्की ड्रको माध्यमबाट पुरस्कार स्वरुप प्रदान गरिने जनाइएको छ ।

असोज ४ गते बुधवारदेखि शुरु हुने यो योजना छठसम्म संचालन हुनेछ । यस अवधिभर हरेक मोबाइलको खरिदमा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको नगद छुट समेत पाउनेछन् ।

त्यसैगरि प्रत्येक दिन ग्राहकहरुले अनपेक्षित उपहारमा दैनिकरुपमा २० जनालाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ । बजारले ल्याएको योजनाका साथमा विभिन्न मोबाइल कम्पनीहरुले दिने अफर पनि एकैसाथ प्राप्त गर्न सकिने जनाइएको छ ।

पाको मोबाइल बजारमा न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल फोनहरु खरिद गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप