बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस कारण श्रीलङ्काली मन्त्री अमेरिका जान पाएनन्

मङ्गलबार, ०३ असोज २०७४, १७ : ००
मङ्गलबार, ०३ असोज २०७४

कोलोम्बो – श्रीलङ्काली पूर्वसैनिक प्रमुख एवम् हालका क्षेत्रीय विकाससम्बन्धी मन्त्री शरथ फोँसेकाले संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने प्रवेशाज्ञा (भिसा) नपाउनुभएको समाचारमा जनाइएको छ । 


उहाँ संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि अमेरिका जान लाग्नुभएको थियो । श्रीलङ्काली प्रतिनिधिमण्डलमा उहाँ पनि एकजना सदस्य रहनुभएको थियो । 

तर सबैजना सदस्यले भिसा पाए भने उहाँले पाउनुभएन । सो जानकारी उहाँले मङ्गलबार राजधानी कोलोम्बोमा दिनुभएको समाचारमा जनाइएको छ । 

उहाँ सन् २००९ मा श्रीलङ्काली विद्रोही समूह, तामिल टाइगरविरुद्धको कारबाहीका समयमा उक्त देशका सैनिक प्रमुख हुनुहुन्थ्यो । 

उहाँमाथि तामिलहरुका विरुद्धमा युद्धअपराध गरेको अभियोग लागेको छ । सो अभियोगका कारण नै उहाँलाई अमेरिका जान भिसा प्राप्त नभएको हो । 

उहाँले सम्वाददाताहरुसँग भन्नुभयो, म पनि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको प्रतिनिधिमण्डलमा राष्ट्रसंघीय महासभावमा जाने सदस्य थिएँ तर मैले भिसा पाइन । 

मैले सोही कारणले नै भिसा पाउन नसकेको हो, यो कुराको अनुसन्धान हुनुपर्छ यसले मलाई अन्याय भएको छ, उहाँले भन्नुभयो । राष्ट्रपति सिरिसेनाको नेतृत्वको प्रतिनिधिमण्डल भने गत आइतबार नै अमेरिका प्रस्थान गरिसकेको छ ।  सन् २००९ मा श्रीलङ्काली सरकारले तामिलका विरुद्धमा आक्रामक कारबाही गरेको थियो । सोही कारबाहीपछि उक्त विद्रोहको अन्त्य भएको थियो । 

त्यस समयमा उक्त जातीय विद्रोही समूहका कम्तीमा पनि ४० हजार विद्रोही मारिएका थिए । उक्त समयमा सैनिक प्रमुखका रुपमा रहेको नाताले उहाँमाथि पनि यस्तो अपराधको आरोप लागेको छ । 

तर उहाँले भने यस आरोपको खण्डन गर्दै आउनुभएको छ । त्यस समयमा आफूले ती विद्रोहीको सफाया गरेको नभई सरकारको आदेशको मात्र पालना गरेको अडान उहाँको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप