बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छली गरी भित्र्याइएको ३० लाखको सामान वाइसीएलले राजश्वमा बुझायो

मङ्गलबार, ०३ असोज २०७४, १६ : ३८
मङ्गलबार, ०३ असोज २०७४

नवलपरासी -नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपाल परासी र नवलपुरले भन्सार छली गरी भित्याउन खोजिएको ३० लाखभन्दा बढीको सामान कब्जा गरी राजस्वमा बुझाएको छ । 


मंगलबार वाईसीएल परासीका जिल्ला संयोजक हरी भण्डारी र  नवलपुरका संयोजक गुराँसले भन्सार छली भित्याइएको सामान एक पत्रकार सम्मेलनको आयोजना गरी राजस्व विभागलाई हस्तान्तरण गरेको वाइसीएलले जनाएको छ । 


गत भदौंमा सम्पन्न राष्ट्रिय सम्मेलनपश्चात वाइसीएल नेपालले सामाजिक सुधार, भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सेवामा काम थालेको बताएको छ । 

सोमबारमात्रै नेपाल आयल निगमका महाप्रबन्धक गोल खड्कालाई हटाउन र उनीमाथि भ्रष्टाचारको आशंकामा छानविन गर्न ज्ञापनपत्र बुझाएको भोलीपल्टै खड्का निलम्बनमा परेका थिए ।

काठमाडौंको नयाँ बसपार्क, कलंकी, चावहिल, कोटेश्वर लगायतका क्षेत्रमा समेत वाइसीएलले दशैंमा घर फर्कने यात्रुहरुलाई स्वयंमसेवा दिइरहेको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप