शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यकर्तालाई काठमाडौ नफर्कन काँग्रेस नेता कोइरालाको निर्देशन

मङ्गलबार, ०३ असोज २०७४, १६ : ३४
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं– नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सवै चरणको निर्वाचन नसकी काठमाडौ नआउन निर्देशन दिएका छन् । दोलखा–काठमाडौ सम्पर्क समितीले मंगलबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा नेता कोइरालाले दशैमा घर गएका कार्यकर्तालाई सवै चरणको निर्वाचन सकेर मात्रै आउन निर्देशन दिएका हुन् । 
उनले काँग्रेस पार्टी कम्यूनिष्ट जस्तै रेजिमेन्टेड बन्दै गएको भन्दै नेताको मूख ताक्ने प्रवृति त्याग्न सुझाव पनि दिए । उनले  निर्धक्क भएर पार्टीमा लाग्न आग्रह गर्दै नेतृत्वप्रति पनि कटाक्ष गरे । भने ‘अहिलेसम्म संसदीय बोर्ड गठन हून नसक्नू र पदाधिकारी चयन हून नसक्नू पार्टीकै निम्ती दूर्भाग्य हो ।’ डा. कोईरालाले दूरदराजका कार्यकर्ताको मूल्यांकन नभएको बताए । प्रलोभन र स्वार्थमा नपरी कार्यकर्ताको मूल्यांकनका आधारमामात्र प्रदेश र संघमा टिकट बितरण गरिनुपर्ने भन्दै उनले जिल्ला सम्पर्क समितीका सभापति, महाधिवेशन प्रतिनिधी र जिल्ला कार्य समिति सदस्यलाई पार्टीको सदस्य बनाउँनूपर्ने माग गरे । 
कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्यहरू गूरूराज घिमिरे,बद्री पाण्डे,पूर्वकेन्द्रिय सदस्य जिपछिरिंग लामा, दोलखा काँग्रेसका सभापती रूद्र खड्का, काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी लगायतले धारणा राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप