शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोपाल खड्काको बचाउमा केपी ओली,  भने–खड्का त भरियामात्रै हुन्

मङ्गलबार, ०३ असोज २०७४, १६ : १४
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काको बचाउ गरेका छन् । 
नेकपा एमाले प्रदेश नम्बर १ ले मंगलबार काठमाडौमा गरेको संविधान कार्यन्वयनको अवस्था विषयक गोष्ठिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने अरु नै भएपनि सरकारले निगम प्रमुख गोपाल खड्कालाई कारवाही गरेको बताए । उनले खड्का भरियामात्रै भएको र भ्रष्टचार गर्ने असली मालिक अरु नै भएको भन्दै आक्रोश पोखे । उनले भने ‘भ्रष्टचार गर्नेलाई छोपेर उल्टै निगमको भ्रष्टचार प्रकरणमा एमाले किन बोलेन भनेर कराउन थालेका छन् ।’

अध्यक्ष ओलीले बर्तमान सरकारलाई अपराधीहरुको गठबन्धन भन्दै केही सञ्चारमाध्य र बुद्धिजीवी भनौदाहरु लोकतन्त्र सक्ने मिसनमा लागेको बताए । ‘ केही सञ्चारमाध्यम र बुद्धिजिवी लोकतन्त्रविरुद्धको मिसनमा लागेका छन् । मैले ४० जना मन्त्री बनाउँदा टोपीले आसु पुछेर रुने बुद्धिजिवी अहिले ५६ जना मन्त्री बनाउँदा कुन कुनामा लुकेका छन् ?’ ओलीले प्रश्न गरे ‘के अहिले ति बुद्धिजिवीले यो देशका गरिव जनता देखेका छन् कि छैनन ? यो सरकार मंसिर सम्म आफ्ना सवै सांसदलाई मन्त्री बनाउछ र देशको ढुकुटी सक्न लागि परेको छ । सरकार काम गर्न होइन खान बनेको हो ।’

लोकतन्त्र रोक्ने प्रयास भइरहकाले जनतालाई  होसियर रहनुपर्ने भन्दै अध्यक्ष ओलीले सरकारले यस्तै गलत काम गर्दै जाने हो भने आफु उखान टुक्कामात्र होइनन व्यवहारमै काम गरेर देखाइदिने चेतावनी दिए । 

हालै सर्वोच्च अदालतका ११ जना न्यायाधीशविरुद्ध मुद्धा परेको विषयमा चर्चा गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले उनिहरुविरुद्ध मुद्धा हाल्नेहरु फटाहा भएकाले एमाले त्यसका विरुद्ध कानुनी प्रकृयामा जाने बताए । 

सरकारले चुनाव गर्न नै नचाहेको भन्दै ओलीले कहिले मतपत्र नमिलेको त कहिले के भनेर आलटाल गर्ने गरेको भन्दै वर्तामान संविधान कितावमात्र नभएर जनताको बलिदान र त्याग तपस्याको इतिहास पनि भएको बताए । उनले संविधानका विरुद्ध अरुका पैसा खल्तिमा हालेर बोल्नेहरुलाई जनताले नसहने दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप