बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन दिनपछि ध्वस्त हुँदैछ संसार ? अनुसन्धानकर्ताले गरे पुनः यस्तो दाबी

मङ्गलबार, ०३ असोज २०७४, १६ : ०१
मङ्गलबार, ०३ असोज २०७४

इशाई थ्योरीका आधारमा एक अनुसन्धानकर्ताले संसार यसै महिना ध्वस्त हुन लागेको दाबी गरेका छन् । क्रिश्चिय अनुसन्धानकर्ता डेविड मिडेले संसारको अन्त्यको सुरुवात सेप्टेम्बर २३ तारिखदेखि सुरु हुने दाबी गरेका छन् । यससम्बन्धि यूट्युबमा एक भिडियो जारी गरिएको छ ।

भिडियोमा २३ सेप्टेम्बरदेखि संसारको अन्त्य सुरु हुने बताइएको छ । । हेर्नुहोस् भिडियो –

वास्तवमा यो दाबी बुक अफ रिभिलेशनको एक अनुच्छेदलाई आधार बनाएर गरिएको हो । यो भिडियोलाई अहिलेसम्म २७ लाखभन्दा बढि पटक हेरिएको छ ।

उक्त किताबमा भनिएको छ, ‘ And there appeared a great wonder in heaven; a woman clothed with the sun, and the moon under her feet, and upon her head a crown of twelve stars.’

३३ औं नम्बरसँग नाताः

उक्त किताबमा भनिए अनुसार सेप्टेम्बर २३ तारिखमा अमेरिकामा भएको पूर्ण चन्द्रग्रहणको ३३ औं दिन हो । यसमा लेखिएको छ, ‘यशु क्राइस्ट केवल ३३ वर्ष बाँचुन् । बाइबलमा पनि इलोहिमको नाम ३३ पटक लेखिएको छ ।’ यसकारण यो नम्बर र दिनलाई निकै महत्वपूर्ण मानिएको छ ।

के हुनेछ सेप्टेम्बर २३ तारिखमा ?

यो दिन संसार ध्वस्त हुन सुरु हुनेछ । यस्ता घटना हुनेछन् जो संसारको अन्त्यतर्फ लैजानेछ ।

ठोक्किनेछ प्लानेट एक्सः

प्लानेट एक्स जुन हरेक ३ हजार ६ सय वर्षमा सूर्यको परिक्रम गर्दछ, त्यो पृथ्वी नजिक भएर गुज्रने दाबी गरिएको छ ।

के भन्छ नासाले ?

नासाले यी दाबीलाई खारेज गरेको छ । नासाका वरिष्ठ वैज्ञानिक डेविड मोरिसनले यस्तो प्रकारले कुनै ग्रह नभएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप