बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

च्याङ्ग्रा मरेपछि दश लाख नोक्सान

मङ्गलबार, ०३ असोज २०७४, १५ : ४७
मङ्गलबार, ०३ असोज २०७४

फलेवास -हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याइएका भेडा च्याङ्ग्रा सोमबार बाटोमै मरेका छन् । 

दशैँ र तिहारका लागि लक्षित गरी पोखरा लैजाँदै गरेका करिब ६० भेडा च्याङ्ग्रा बाटोमै मरेका हुन् । पोखराका व्यापारी प्रवीण अधिकारीले ल्याएका च्याङ्ग्रा एउटै ट्रकभित्र जबर्जस्ती कोचिएका कारण मरेका हुन् । 

अधिकारीले रु २२ लाखको लगानीमा १३० भेडा च्याङ्ग्रा ल्याएको बताउनुभयो । उहाँले पाँच दिन लगाएर उपल्लो मुस्ताङबाट भेडा च्याङ्ग्रा ल्याएको बताउनुभयो । च्याङ्ग्रा मरेपछि अधिकारीको झण्डै रु १० लाखभन्दा बढी नोक्सान भएको छ । अन्य च्याङग्रा पनि अस्वस्थ छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप