शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय हवाई मार्ग तथा प्रवेश बिन्दु विस्तार गरिने

मङ्गलबार, ०३ असोज २०७४, १५ : १५
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ -नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि हाल उपयोग गर्दै आएको एकमात्र हवाई मार्ग तथा प्रवेश बिन्दु ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गर्ने भएको छ । 

त्यसका लागि विराटनगर वा जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेश बिन्दु थप गर्ने सम्बन्धमा मित्रराष्ट्र भारतसँग द्विपक्षीय वार्ता र छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । हाल सिमराको हवाई मार्गबाट मात्र अन्तर्राष्ट्रिय विमान नेपाल भित्रने गरेका छन् । 

पर्यटनमन्त्री जितेन्द्रनारायण देवले हालै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ३२ बुँदे भावी कार्ययोजना हवाई मार्ग प्रवेश बिन्दुका लागि सम्बन्धित पक्षसँग थप छलफल गरी टुंगोमा पु¥याइने उल्लेख छ । विमान बाहिरिने बिन्दु ९एक्जिट प्वाइन्ट० का लागि काँकडभिट्टा हवाई मार्गलाई उपयोग गर्ने गरी अनुमति प्राप्त गर्ने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । 

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा विदेशबाट आउने सबै विमान सिमराको आकाश हुँदै अवतरण गर्ने गरेका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जाँदा विराटनगर, तुम्लिङ्टार, जनकपुर, महेन्द्रनगर हुँदै विमान बाहिरिने गरेका छन् । 

यसअघि आफ्नो उड्डयन आकाशमा समस्या आउने भन्दै भारतले थप हवाई मार्ग प्रयोग गर्न मानेको थिएन । नेपालको पहलपछि जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट समेत विमानलाई नेपाल प्रवेश गर्न दिन भारत सैद्धान्तिकरुपमा सहमत भएको बताइएको छ । 

अहिले पश्चिम या पूर्व जताबाट विमान आए पनि भारतीय आकाशबाटै सिमरा हुँदै काठमाडौँ भित्रनुपर्छ । नयाँ हवाई मार्ग थपिए मध्यपूर्वी देशबाट नेपाल आउने दूरी छोटो हुनेछ । खाडी मुलुकबाट नेपाल आउने भाडासमेत कम हुने सम्बद्ध अधिकारी बताउँछन् । 

नेपालले विभिन्न ३८ वटा मुलुकसँग हवाई उडान सञ्चालनसम्बन्धी दुईपक्षीय सम्झौता गरेको भए पनि अहिले २८ वटा विदेशी विमान सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप