दुई राज्यमन्त्रीको जागिर धरापमा
मङ्गलबार, ०३ असोज २०७४, १४ : ४३
काठमाडौं– निर्वाचन आयोगले मन्त्रीमण्डल विस्तारको निर्णय सच्चाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले पछिल्लो मन्त्रिमण्डल विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर पनि गरेको छ । उसले निर्णय सच्चाउन पनि भनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गर्दै गत सोमबार मन्त्रीमण्डल विस्तार गरेका थिए ।
आयोग प्रवक्ता नवराज ढकालले मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर