भेष बदलेर कहिले पोखरा, कहिले महेन्द्रनगर त कहिले विराटनगरमा लुकिरहेकी छिन् राम रहिमकी हनिप्रित
राम रहिमकी कथित छोरी हिनिप्रितविरुद्ध पंचकूलमा मुद्दा दर्ता गरेको छ । अगस्ट २५ तारिखमा पंचकूलामा भएको हिंसालाई बढाएको आरोपमा मुद्दा दर्ता गरियो । आइजी ल एण्ड अर्डर एएस चावलाले यसको पुष्टि गरेका छन् । यस्तै भारतीय सूत्रको हवाला दिँदै हनिप्रित नेपालमा नै भएको खबर प्रकाशित छ । उनलाई महेन्द्रनगर र विराटनगरमा देखिएको स्रोतको दाबी छ ।
हरियाणा पुलिस स्रोतका अनुसार हनिप्रित महेन्द्रनगरमा लुकेकी छिन् । उनलाई यहाँ तीनजनासँग देखिएको उनले बताए । उनका अनुसार उनी पछिल्लो एक हप्तादेखि यहाँ बसिरहेकी छिन् । नेपालकै नम्बरप्लेट भएको गाडीमा विराटनगरस्थित पेट्रोलपम्पमा उनी देखिएको बताइएको छ । उनी आफ्नो भेष बदलेर यहाँ बसिरहेको बताइन्छ । उनको खोजी गर्न पुलिसले १० जनाको समूह बनाएको छ ।
साथै, पुलिसले यूपी र विहारसँग जोडिएको नेपाल–भारत सीमामा पनि सोधपुछ गरिरहेको बताइएको छ । पुलिसले नेपालको सीमाको रेकर्ड रजिस्टरमाथि पनि अनुसन्धान गरिरहेको जानकारीमा उल्लेख छ । हनिप्रित नेपालको सीमामा एक मर्सिडिज कारमार्फत प्रवेश गरेको बताइएको छ । पुलिसलाई उक्त गाडीको जानकारी कोही पनि रजिस्टारबाट प्राप्त नभएको पनि बताइएको छ । उनले सीमामा नै गाडी छोडेर नेपाल प्रवेश गरेको पनि शंका गरिएको छ ।
पुलिसले हनिप्रितलाई नेपाल प्रवेशमा मद्दत गर्ने व्यक्तिको समेत खोजी गरिरहेको छ । हनिप्रितलाई सबैभन्दा पहिले पोखरामा देखिएको बताइएको थियो । पुलिस त्यहाँसम्म पुग्दा उनी फरार भइसकेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन