बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धनुषाका सबै स्थानीय तहमा मतगणना जारी

मङ्गलबार, ०३ असोज २०७४, १३ : २२
मङ्गलबार, ०३ असोज २०७४

जनकपुरधाम–सोमबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतगणना जनकपुर उपमहानगरपालिकासहित सबै स्थानिय तहमा मतगणना सुरु भएको छ ।

निर्वाचन कार्यालयबाट प्राप्त जानकारी अनुसार जनकपुर उपमहानगरसहित जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, शहिद नगरपालिका, नगराईन नगरपालिका, मिथिला विहारी नगरपालिकाका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका , हंसपुर नगरापलिका, विदेश नगरपालिका, औरही गाँउपालिकाm, धनौजी गाँउपालिका , बटेश्वर गाँउपालिका, जनकनन्दनी गाँउपालिका, लक्ष्मीनिया गाँउापालिका, मुखियापट्टी मुसरनिया गाँउपालिकामा मतगणना सुरु भएको हो ।

एमालेले तीन वटा वडा जित्यो

जिल्लामा नेकपा एमालेले हालसम्म तीन वटा वडाध्यक्षमा जीतेका छन् । धनुषाको हंशपुर नगरपालिका वडा नं. १ को वडाध्यक्षमा कामेश्वर कापर, मुखियापट्टी मुसहरनियाको वडा नं.१ मा कौशल यादव र वडा नं.२ मा नरेश यादव बिजयी भएका छन् । 

क्षीरेश्वरनाथ नगरपालिकामा संघीय समाजवादीको अग्रता

सोमबार राति करिब २ बजेदेखि सुरु भएको मतगणनामा संघिय समाजवादी फोरमले अग्रता लिएका छन्  । नगरपालिकामा ५३० मतगणना भएसम्म मेयरमा संघीय फोरमको २१० मत रहेको छ भने कांग्रेसको १८१ र एमाले १०० मत रहेको छ । त्यस्तै उपमेयरमा संघिय समाजवादीको २०१ काङ्ग्रेसको १८१ र एमालेको १०१ रहेको निर्वाचन अधिकृत मिहिलाल यादवले जानकारी दिए । 

मिथिला विहारीमा तीन वडाको मतगणना जारी, काँग्रेस अगाडी

जारी वडा नं. १,२ र ३ को मतगणनमा अहिलेसम्म काँग्रेस अग्रता लिएका छन्। काँग्रेसले मेयरमा ४१५ र उपमेयरमा ३५१ , नेकपा एमालेले मेयरमा ३९६ र उपमेयरमा ३८१ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले मेयरमा ८६ र उपमेयरमा ९७ मत ल्याएको छ भने राजपा नेपाल मेयरमा ७४ र उपमेयरमा १०१ मत प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप