बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेप्रति जनभरोसा बढेको जिकिर

मङ्गलबार, ०३ असोज २०७४, १२ : ५८
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ -एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको जिकिर गर्नुभएको छ । 

टोखा नगरपालिकाअन्तर्गत पार्टीको वडा नं २ र ३ को अधिवेशनको आज यहाँ संयुक्त रुपमा उद्घाटन गर्दै नेता पोखरेलले विगतमा एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान तथा जनजीविकाका लागि ल्याएका कार्यक्रमले पार्टीप्रति जनताको भरोसा रहेको बताउनुभयो । 

पार्टीको दुवै वडाका इञ्चार्ज मनिराज डङ्गोलले स्थानीय संस्कृति, जात्रापर्व र सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न प्रत्येक वडा एकाइ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । वडा नं २ का पार्टी प्रमुख विकास डङ्गोल र ३ का प्रमुख विशाल डङ्गोलले स्थानीय क्षेत्रमा पूर्वाधार निर्माण तथा विकासका कार्यमा सबै दलसँग सहकार्य र समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप