बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

संकटमा नेपाली हाते कागज उद्योग

मङ्गलबार, ०३ असोज २०७४, १२ : ५५
मङ्गलबार, ०३ असोज २०७४

ताप्लेजुङ-कच्चा पदार्थको अभावमा जिल्लाका हाते कागज उद्योग संकटमा परेका छन् । 

वन जंगलबाट प्राप्त हुने लोक्ताको अभावले उद्योग चलाउन समस्या भएको उद्योग व्यवसायीले बताएका छन् । कागज उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थमध्ये लोक्ता प्रमुख हो । 

फुङ्लिङ नगरपालिका–६ मा रहेको छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ शेर्पाले लोक्ताको अभावले केही महिनादेखि उद्योग बन्द गर्नुपरेको बताउनुभयो । 

सिदिङ्वा गाउँपालिका–७ का व्यवसायी देउबहादुर लिम्बू लोक्ता नहुँदा माग भएअनुसार कागज उत्पादन उत्पादन गर्न नसकिएको बताउनुहुन्छ । नेपाली हाते कागजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाए पनि मागअनुसारको उत्पादन गर्न सकिएको छैन । लोक्ता सामुदायिक वनबाट निकाल्न लामो प्रक्रिया अपनाउनु पर्ने भएकाले समयमा निकाल्न असम्भव हुने व्यवसायीको भनाइ छ । 

लोक्ता विशेषगरी पहाडी तथा हिमाली जिल्लाका महाभारत शृंखला र त्यसको उत्तरी भागका पाँच हजार फिटदेखि १० हजार फिटसम्म ९समुद्री सतहभन्दा माथि० को उचाइका चिसो, ओसिलो ठाउँ र अरु रुखको छहारी भएको ठाउँमा पाइन्छ । नेपाली कागजको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढे पनि कच्चा पदार्थकै अभावमा माग पूर्ति गर्न नसकेको यहाँका कागज उद्योग सञ्चालक बताउँछन् । 

शुद्ध लोक्ताबाट बन्ने कागज विशेषगरी जापानले जापानी येन ९जापानी मुद्रा० बनाउन प्रयोग गर्ने गर्छ । हाते कागज अमेरिका, थाइल्याण्डलगायतका मुलुकमा निर्यात हुने गरेको छ । उद्योग विकास शाखा ताप्लेजुङमा हालसम्म २५ वटा नेपाली हाते कागज उद्योग दर्ता भएको छ । 

उद्योग विकास अधिकृत सुनिल आचार्यका अनुसार हाते कागज उद्योगले बर्सेनि नवीकरण गर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप