शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसुङ ग्यालेक्सी नोट–८ नेपाली बजारमा, मूल्य एक लाख २ हजार

मङ्गलबार, ०३ असोज २०७४, १२ : ४१
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ । सामसुङ इलेक्ट्रोनिले एस पेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट–८ नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसुङको यो मोवाइल सोमबार नेपाली बजारमा सार्वजनिक भएको हो । 

यसमा एसपिनको सहायताले डवल क्यामराको साथ जुनसुकै अवस्थमा पनि फोटो खिच्न सकिने जनाइएको छ । नोट सिरिजमा अत्याधिक सुरक्षा संयन्त्रको प्रविधि प्रयोग गरिएको जनाइएको छ । नेपाली ग्राहकको चाहनालाई पूरा गर्ने उद्देश्यले नै बजारमा यो स्मार्ट फोन भित्र्याइएको सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए । 

सामसुङ ग्लेक्सी ८ मा भएको ठूलो स्क्रीनले धेरै देख्न, पढ्न र आफूलाई चाहिएको कुरा सहजै रुपमा पेनको सहायताले लेख्न सकिने जनाइएको छ । यसमा ६.३ इन्च डिस्प्ले छ । यसमा दुईवटा एप्स एकै पटक चलाउन सकिने सुविधा पनि रहेको जनाइएको छ । अनलक नगरी फोनमा भएका नोटिफिकेसन हेर्न सकिने र यो ग्यालेक्सी नोट ८मा सुधारिएको जनाइएको छ । 

यस्तै स्क्रिन अफ मेमोले एक सय पानासम्मको मेमो अनलक नगरीकन टिप्न सकिने, ७१ वटा भाषा तुरुन्तै आफूलाई चाहिएको भाषामा रुपान्तरण गर्न सकिने र विदेशी मुद्राको विनिमिय दरलाई पनि रुपपान्तरण गर्न सकिने सुविधा छ । 

सामसुङले हालसम्मकै शक्तिशाली क्यामरा आफ्नो यो नोट फोनमा ल्याएको छ । १२ मेगा पिक्सलका दुई वटा क्यामरा लेन्स यसमा रहेका छन् । फोटो र भिडियोको लागि ओआइएस प्रविधी रहेको र मोबाइलको दुनियाँमा यस्तो फिचर पहिलो पटक ल्याइएको हो । 

यस्तै, डवल कम्प्युटर मोडको माध्यमले एकै पटकमा क्लोजप फोटो र टेलिफोटो लिन सकिने सुविधा रहेको छ । यो सँगै ग्यालेक्सी नोट ८ र एसपेन दुवै पानी र धुलो प्रतिरोधक विशेषता युक्त छन् । चाँडो रिचार्ज हुने वायरलेस चार्जरले सहज एवम् सुविधा जनक तरिकाबाट चार्ज गर्न सकिने जनाइएको छ । 

यसमा भएको ६ जिबी ¥याम तथा १० एनएम प्रोसेसर र २५६ जिबीसम्म बढाउन सकिने मेमोरिले इन्टरनेट चलाउन, गेम खेल्न, भिडियो हेर्न र एकै पटकमा विभिन्न कार्य  गर्न सकिने जनाइएको छ । यसमा भएका सुरक्षित फोल्डर सुविधाले व्यक्तिगत र व्यावसायिक डाटालाई छुट्टा छुट्टै राख्ने जनाइएको छ । यसमा भएको सामसुङ डिक्सले डेस्कटपको अनुभव प्रदान गर्ने भएकाले फाइल राख्न र डेक्स्टप कम्प्युटको जस्तै काम गर्न सकिने जनाइएको छ । 

नेपालमा यसको बजार मूल्य एक लाख २ हजार ९ सय ९० रुपैयाँ रहेको छ । यो नेपालमा असोज २४ गते देखि मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा उपलब्ध हुने छ । यसको प्रि–बुकिङ्ग सुविधा असोज २ बाट नेपालभर रहेका सामसुङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट गर्न सकिने जनाइएको छ । 

यस अवधि भित्र ग्राहकले प्रि–बुकिङ्ग गरेमा यसको वायलेस चार्जर सित्तैमा प्राप्त गर्न सकिने जनाइएको छ । ग्राहकले एनसेलसँगको सहकार्यमा १६ जिबी फोजी डाटा, प्रतिमहिना २ जिबीदरले  ८ महिनासम्म प्राप्त गर्ने जनाइएको छ । साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ८ महिना भित्र सेट फुटेमा बीमा सुरक्षा पनि प्रदान गरिएको छ । विभिन्न बंैंक मार्फत् सहज किस्ता वन्दी योजना पनि उपलब्ध रहने जनाइएको छ । साथै ५ हजार भुक्तान गरि प्रि–अडर गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप