शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा

मङ्गलबार, ०३ असोज २०७४, १२ : २७
मङ्गलबार, ०३ असोज २०७४

पोखरा -कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ । 

क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको सर्वसाधारणको गुनासो र नजिकिँदो चाडबाडमा सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा जाँचको कामलाई तीव्रता दिइएको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिनुभयो । 

जाँचका क्रममा माइक्रोबसमा मुडालगायत सामान प्रयोग गरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएको उहाँले बताउनुभयो । 

केही दिनयता क्षमताभन्दा बढी सिट बनाएर यात्रु बोक्ने गरेका दैनिक १० भन्दा माथि सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप