बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कंगनाले भनिन्, ‘पुरुषका लागि मज्जा हो सेक्स, महिलाले गरे अपराध ?’

मङ्गलबार, ०३ असोज २०७४, १२ : २४
मङ्गलबार, ०३ असोज २०७४

कंगना रनौतलाई बलिउडकी निडर र बिन्दास नायिकाको रुपमा लिइन्छ । उनी हरेक मुद्दामा सटिक विचार व्यक्त गर्छिन् । सेक्सिजम, फेमिनिज्म र नेपोटिज्ममा कंगना निकै खुलेर बयान दिन्छिन् । केही समय अघि कंगनाले एक कार्यक्रममा फैलिएको पुरुष प्रभुत्व मुद्दालाई उठाएकी छिन् । उनका अनुसार फिल्मी क्षेत्रमा महिलालाई पुरुषभन्दा कम दर्जा दिइन्छ ।

‘बलिउडमा महिला र पुरुषलाई दोहोरो दृष्टिकोणमा हेरिन्छ ।’ कंगनाले उदाहरण दिँदै भनिन्, ‘केही यस्ता कुरा छन् जो पुरुषले गरे त्यसमा कसैलाई आपत्ति हुँदैन र त्यहि काम यदि महिलाले गरिन् भने पूरा हल्लाखल्ला मच्चिन्छ । महिला र पुरुषबिच एक सीमा कोरिएको छ ।’

कंगना थप्छिन्, ‘पुरुषका लागि सेक्स गर्नु एक मज्जा हो, यस्तै महिलाका लागि यो अपराधसमान मानिन्छ । ग्ल्यामरको दुनियाँमा पनि यस्तै दृष्टिकोण छ । यदि छोरा प्लेब्वई छ भने कसैलाई कुनै आपत्ति छैन । यस्तै छोरीले बिकिनी लगाइन् भने त्यसमा रोक लगाइन्छ ।’

केही समय अघि कंगना रनौतको फिल्म सिमरन रिलिज भएको छ । फिल्मले पहिलो विकेन्डमा १०.६५ करोड भारुको कमाई गरेको छ । यसमा कंगना एक चुल्बुले र बिन्दास गुजराती महिलाको भूमिका निभाइरहेकी छिन् । फिल्मलाई हंसल मेहताले निर्देशन गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप