बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शान्तिनगर गेटमा टाटा मोबाइलको ठक्करबाट एक मृत्यु

मङ्गलबार, ०३ असोज २०७४, १२ : १८
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ । गए राति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ । 

चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका क्रममा बा७च ६२०७ नं को टाटा मोबाइलले ठक्कर दिई गम्भीर घाइते भएकामा उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

दुर्घटनामा संलग्न सवारी साधन र चालक प्रहरी नियन्त्रणमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप