बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्ज महानगरपालिकाको मतगणना अझैं सुरु हुन सकेन

मङ्गलबार, ०३ असोज २०७४, १२ : १८
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं–वीरगन्ज महानगरपालिकाको मतगणना बिहान साढे ११ बजेदेखि सुरु हुने भनिएपनि  सबा १२ बज्दा सम्म सुरु हुन सकेको छैन । बिहान बसेको सर्वदलीय बैठकबाट साढे ११ बजेदेखि मतदान हुने सहमति भएको थियो । तर, मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले दलका प्रतिनिधि आउन ढिला हुँदा मतगणना हुन नसकेको बताए । 
अहिले मतगणनास्थलमा सीसी टिभी जडान गरिएको छ भने ११ गणनास्थलमध्ये ७ स्थानमा तारजालीसमेत लगाइएको छ । 
२ नम्बर प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको  चुनावी नतिजालाई सर्वत्र चासोका साथ हेरिएको छ । 
३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा एक लाख पाँच आठ हजार पाँच सय १ मतदाता छन् । ती मध्ये ६१ हजार ६६६ र महिला ४६ हजार ८३२ छन् । तेस्रो लिङ्गी मतदाता ३ छन् । यिनै मतदाताले  मेयर छान्दैछन् ।
 
महानगरपालिका मेयर पदका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् । काङ्ग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुदिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी, राजपा नेपालका राजेशमान सिंह, फोरम नेपालका विजय सरावगी, नेपाल लोकतान्त्रिक फोरम नेपालका विमल श्रीवास्तव, राप्रपाका अर्जुनबहादुर सिंह नयाँ शक्ति नेपालबाट मुनाकुमार साह कानु, नेपाली जनता दलबाट मनोजकुमार रौनियार, मालेबाट लक्ष्मीराज न्यौपाने रहेका छन् भने २५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप