शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोका–कोलाद्वारा दशैंको मेगा अफर अन्तर्गत २८ सयभन्दा बढी विजेताहरुको नाम घोषित

मङ्गलबार, ०३ असोज २०७४, १२ : ०३
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ । कोका–कोला नेपालले ‘मन खोलौं कोकसँग’ नारासहितको दशैं प्रबद्र्धनात्मक योजनामा २८ सयभन्दा बढी बिजेताहरुको नाम घोषणा गरिसकेको छ । 

यो वर्षको विशेष अभियानमा कोकाकोलाले विभिन्न उपहारहरु जित्ने अवसर प्रदान गरिरहेको छ । यसमा एउटा टिभिएस स्ट्राइकर १२५ सीसी बाईक प्रत्येक दिन उपहारमा स्वरुप जित्न सकिने छ भने अन्य आकर्षक पुरस्कारहरु मध्ये ४ वटा एलजी एलईडी टिभी दैनिक रुपमा तथा रु.१०० को ४०० जनालाई मोबाइल रिचार्ज ईसेवाको माध्यमबाट दैनिकरुपमा जित्न सकिनेछ ।

आजको दिनसम्म, कोकाकोलाले टिभिएस स्ट्राइकर १२५ सीसी बाइक जित्न सफल ७ जना भाग्यशाली उपभोक्ताहरुको नाम घोषणा गरिसकेको छ । त्यस्तै, ४८ जना उपभोक्ताहरुले एलजी एलईडी टिभी, र २८०० उपभोक्ताहरु जसले रिचार्ज कार्डहरु जित्न सफल भएका छन् । यो अभियान यहि असोज ३०, २०७४ सम्म संचालन हुनेछ । 

आगामी थप ४ सातामा, अझै धेरै टिभिएस स्ट्राइक बाइकहरु, एलजी एलईडी टिभीहरु, र मोबाइल फोन रिचार्ज कार्डहरु दैनिक रुपमा जित्न सकिने छ ।

यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजे देखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिने छ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ । यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप