शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परेवा उडाउनेदेखि पुष्प वर्षा  ः यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

मङ्गलबार, ०३ असोज २०७४, ११ : ४२
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं । शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाइएको छ। नेपालको संविधान जारी भएको वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि परेवा उडाएका थिए। 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री जनार्दन शर्मा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता सहभागी थिए। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो।

आजको कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले विशेष प्रस्तुती दिनुका साथै आकाशबाट पुष्प वर्षा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप